काठमाडौं । प्रभु महालक्ष्मी लाइफ (साविक महालक्ष्मी लाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ३२ रुपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
महालक्ष्मी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमादेख अन्तर्गत न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षसम्म अवधिका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षसम्म अवधिका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। यसमा सबैभन्दा बढी ५ देखि १५ वर्षसम्म अवधिको ८ हजारवटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
महालक्ष्मी सरल जीवन बीमा योजना
कम्पनीले यस योजनामा ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ। कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५०३ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
महालक्ष्मी जीवन हेरचाह बीमा योजना
कम्पनीले यस बीमा बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गरेको छ। उक्त बीमालेख ३ हजार ४२८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ५१ रुपैयाँ बोनस पाउनेछन्।
महालक्ष्मी बाल बचत बीमा योजना
यस योजनामा कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षसम्म अवधिको बीमालेखमा ३५ रुपैयाँ र २२ देखि २५ वर्षसम्मको अवधिको बीमालेखमा ३९ रुपैयाँ बोनसदर तोकेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २१ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गरेको छ। उक्त बीमालेख १ हजार ८३२ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ३५ रुपैयाँ बोनस पाउनेछन्।
महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना
कम्पनीले यस योजनामा सबै अवधिका लागि एउटै बोनसदर कायम गरेको छ। जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन्। त्यस्तै महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३५ रुपैयाँ कायम गरेको बताएको छ।
कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ। यस बीमा योजनाका बीमितले ४५ रुपैयाँ बोनस पाउनेछन्।