यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज मंगलबार विदेशी मुद्राहरुको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको जनाएको हो ।

आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा थियो ।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स