काठमाडौं । शारडा ग्रुपका अध्यक्ष शिवरतन शारदा नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७३ औं साधारण सभाको अवसरमा आयोजित समारोहमा यस शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडालाई सम्मानित गरिएको हो ।
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रमा अध्यक्ष शिवरतन शारडालाई उनको योगदानको कदर गर्दै सम्मानित भएको हो । शारडा ग्रुपको नेतृत्व गर्दै अध्यक्षले नेपालमा रोजगारीको अवसर श्रृजना सँगै मुलुकको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरीएको छ ।
शिवरतन शारडाले नेपालको व्यापारीक क्षेत्रमा पु¥याउनुभएको वृहत योगदान तथा शारडा ग्रुपको नेतृत्व गर्दै मुलुकाको आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको प्रशंसा स्वरुप पुरस्कारबाट सम्मानित भएको हो । शारडा समुहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । निष्ठा, नविनता र गतिशिलताको प्रतिक बनेको शारडा ग्रुप दशकौं देखी नेपालको ब्यापारिक क्षेत्रको मजबुत विम्ब बनेको छ ।
‘प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित छु’, अध्यक्ष शारडाले भने, ‘शारडा ग्रुपले दशकौं देखी गरेको सेवा र गुणस्तरको मुल्यांक हुँदा कृतज्ञ महसुस गरेको छु । हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौं ।’
प्रतिष्ठित उद्योगी र सामाजसेवी स्वर्गिय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृती पुरस्कार नामाकरण गरीएको हो । यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुलुकको विकासमा निभाएको भुमिकाको कदर गर्दै प्रदान गरिन्छ ।