के हो शिलाजित र यसको सेवन गर्दा के के हुन्छ फाइदा ?

काठमाडौं । गर्मी याममा सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर बनेको रसायन नै शिलाजित हो । आयुर्वेदमा शिलाजितलाई सदियौंदेखि रोग निको पार्न प्रयोग गरिंदै आएको छ । शिलाजितलाई पत्थरको पसिना समेत मानिन्छ । यो गाढा कालो रंगको हुन्छ । शिलाजितको तिख्खर स्वाद हुन्छ र यसको गोमूत्र जस्तै बास्ना हुन्छ ।

यसरी बन्छ शिलाजित

जेठ, असारको महिनामा जब हिमालयमा रहेको चट्टानमा घामको ताप पर्छ, तब त्यसबाट एक किसिमको पदार्थ पग्लिएर निस्कन्छ । यही नै शिलाजित हो । शिलाजितमा मिनरल अत्याधिक पाइन्छ । जसले मृगौला, मुत्र प्रणाली आदिलाई चुस्त राख्न सहयोग गर्छ । शिलाजित नेपालको हिमाली भेगमा पाइन्छ ।

यस्ता छन् शिलाजित प्रयोग गर्दा हुने फाइदा

– शिलाजित मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्न उपयोगी हुन्छ ।

– यसले शरीरलाई जवान राख्न सहयोग गर्छ ।

– मुटु, मृगौलाको संभावित रोगबाट बच्न पनि शिलाजित सेवन गर्न सकिन्छ ।

– यसले पाचनयन्त्रलाई मजबुद बनाउँछ ।

– मस्तिष्कलाई समेत चुस्त बनाउन सहयोग गर्छ ।

– शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

कसरी सेवन गर्ने ?

– आयुर्वेदमा शिलाजितलाई तीन किसिमले सेवन गर्ने विधि अपनाइएको छ ।

– लगातार सात हप्तासम्म दिनहुँ सेवन गर्नुलाई अधिकतम मानिएको छ । धेरै रोगले ग्रस्तहरुले उक्त अवधिसम्म यसको सेवन गर्न सक्छन् ।

– तीन हप्तासम्म शिलाजित सेवन गर्नुलाई ‘मध्य प्रयोग’ भनिन्छ । यसले मध्यमस्तरको समस्याबाट छुटकारा दिन्छ ।

कति सेवन गर्ने ?

– शिलाजितको औषधीय मात्रा २ सय ५० मिलीग्रामदेखि १ ग्रामसम्म हो । सटिक खुराकले व्यक्तिलाई स्वास्थ्य राख्छ, पाचन शक्ति बढाउँछ र धेरै रोग निर्मूल गर्छ ।

कसरी सेवन गर्ने ?

– शिलाजित दुध वा महसँग मिसाएर पिउनुपर्छ ।

– शिलाजित खाली पेटमा बिहान पिउनु पर्छ ।

कस्ता रोगीले खान हुँदैन शिलाजित ?

– शिलाजित स्वास्थ्यका लागि एकदमै लाभदायक हो । तर, यसको उचित प्रयोग गर्न सके मात्र प्रभावकारी काम गर्छ । शिलाजित सेवन गर्दा निकै सावधानी पनि अपनाउनु पर्छ ।

– शिलाजित सेवन गरेको समयमा जलन हुने खालको भोजन गर्नु हुँदैन । साथै धेरै खानेकुरा समेत खानु हुँदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स