पर्यटन प्रवद्र्धनमा लक्षित सिद्धार्थ बैंकको २०८१ सालको क्यालेन्डर जारी

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पु¥याउने उदेश्यका साथ वि.सं २०८१ सालको नयाँ वर्षको क्यालेन्डर जारी गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन’ को साथै सो गन्तव्यहरुमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु रहेको छ ।

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने प्रयास गरेको छ । क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ र छोरोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ जिल्लामा अवस्थित भुजङ गाउँ, मनाङ जिल्लामा अवस्थित नारफु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएको छ, जसले नेपालको प्राकृतिक र पुरातात्वीक सौन्दर्यतालाई उजागर गर्दछ ।

उक्त क्यालेन्डर बैंकको वेबसाइट :
https://www.siddharthabank.com/assets/backend/uploads/Calendar/Calendar%202
081.pdf df
मा प्राप्त गर्न सकिने छ ।

बैंकको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरुलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स