प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्वस्थल व्यवस्थापन समितिलाई क्यू आर स्ट्याण्ड प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान उपलब्ध गराएको छ । बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुविधाका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा ‘कागबेनी मन्दिर श्राद्वस्थल व्यवस्थापन समिति’ लाई एक समारोहकाबीच क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैंकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

बहुचर्चित धार्मिकस्थल कागबेनीमा विशेषगरी वडादशैं र चैतेदशैं अघिको सोह्रश्राद्घ तथा औंसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैंक, मुस्ताङ जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन् ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स