कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार आयोगले विशेष अदालतमा उनीहरुविरुद्व भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगले निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरूमाथि स्यांगजा, गल्यांग नगरपालिकास्थित पकवादी कृषि सहकारी संस्थाद्वारा भवन निर्माण गर्ने भन्दै कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान पाएर भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको आरोप लगाएको छ ।

आयोगले एक जना जग्गाधनीको प्रमाणपुर्जा देखाएर पछि अर्कै स्थानमा भवन बनाएको र मापदण्ड मिचेको पनि आरोप रहेको छ । उनीहरू विरूद्ध प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स