सडकको पहुँच पुगेसँगै रारा घुम्नेको संख्य बढदै

काँर्केविहार । कर्णालीको मुगुमा अवस्थीत रारा तालमा सडकको पहुँच पुगेसँगै ताल हेर्न आउनेको संख्य बृद्धि हुँदै गएको छ । स्वार्गकी अप्सरा नामले परिचित रारा मुलुककै ठुलो ताल हो ।

ताल पुग्नका लागि १५ मिनेट सम्मको दुरीमा यातायातका साधनहरु राखेर ताल हेर्न सकिन्छ । तालमा पुग्नका लागि घोडाको व्यवस्था गरिएको छ । रारा घुम्न गएका पर्यटकहरुलाई स्थानीयबासीले घोडामा तालको छेउँमा पुराएर फर्कने गर्दछन् । तालको छेउछाउँमा भेडाहरुको चरिचरण क्षेत्र भएकाले पनि झन मनमोहक बनाएको छ । रारा राष्ट्रिय निकुन्ज भित्र पर्ने रारा तालको वरिपरि हिम पहाडले घेरिएको छ । मुगु सदरमुकाम गमगढीको टाउँको तीर रहेको ताल हेर्न दैनिक ५० भन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

ताच्ला विमानस्थल तथा स्थल मार्गबाट पनि रारा आउन सकिन्छ । रारा तालको छेउँमा भौतिक संरचना निर्माणको काम समेत सुरु भएको छ । सुर्खेत, दैलेख , कालिकोट , जुम्ला हुँदै मुगु पुग्न सकिन्छ । तालको पल्लो भागमा होटल तथा अन्य आवासका लागि संरचनाहरु रहेका छन् । ताललाई पुरै हेर्नका लागि मुर्मटपबाट जान पनि सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स