काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रले अर्थतन्त्रमा ठूलो भूमिका खेलेको बताएका छन् । नेपाल चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भने ‘सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरि अर्थतन्त्र चलायमान बनाउने निति लिएको छ । निजी क्षेत्रले अर्थतन्त्रमा ठूलो भूमिका खेलेको छ । पुँजीगत कार्यन्वयन र व्यापार घाटा कम गर्न तिर ध्यान दिनुपर्नेछ । रोजगारी सिर्जना अब कसिला निति नियम र कानुन समेत परिमार्जन गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘मुलुक रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगले अघि बढ्न सक्दैन यसले अर्थतन्त्र अघि बढ्छ भनेर नसोचे पनि हुनु।’ अब कसिला निति नियम र कानुन समेत परिमार्जन गर्न सरकार तयार रहेको उनको भनाइ रहेको छ । आर्थिक गतिविधिमा नयाँ फड्को मार्न सकेका छैनन् । निति नियम सहित अघि बढ्नु पर्छ ।
अवको बजेट अर्थतन्त्रमा नयाँ फड्को दिन सक्ने आउने उनले बताए । उनले भने, मुलुक अघि बढाउनको लागि पुँजी निर्माण गर्नु नै हो । सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नु पर्छ । सरकार देशको मुख्य आवश्यकतामा इमान्दार छ । अर्थतन्त्रलाई लयमा ल्याएर तिब्रताका साथ हुनुपर्छ । अर्थतन्त्र चलायमान बनाउन सरकार अब केहि समय पछि निजी क्षेत्रलाई छलफलमा आहान गर्नेछ।