राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्यो पानीको फोहोरा,अश्रु ग्यास र लाठीचार्ज

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । निषेधित क्षेत्र तोडेर सिंहदरबारको मूल गेटतर्फ अघि बढेपछि प्रहरीले रोक्ने क्रममा राप्रपाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा,अश्रु ग्यास र लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

अहिले राप्रपाको प्रदर्शनकारीहरू भृकुटीमण्डपतर्फ लागेका छन् । भृकुटीमण्डपमा राप्रपाको सभा रहेको छ । प्रहरीले अहिले भद्रकालीबाट सिंहदरबारतर्फको बाटो खाली गराएको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स