धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिः सर्टलिष्टमा परेका ५ जनालाई कार्य योजना प्रस्तुतीको लागि बोलायो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि सर्टलिष्टमा परेका आवेदकलाई पर्सी चैत २९ गते बिहान ८ बजे कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ । अस्ति आइतबार सर्टलिष्टमा परेमा ५ जना आवेदकलाई कार्ययोजना प्रस्तुतीका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुत्ति समितिले बोलाएको हो ।

समितिले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि कृष्ण कार्की, चिरन्जिवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारीलाई छनोट गरेको हो । समितिले यी पाँच जनाबाट उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषदको कार्यालयमा पठाउने छ । मन्त्रिपरिषदले तीन मध्ये एक जनालाई धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी दिनेछ ।

अध्यक्ष बन्न १९ जनाले अर्थ मन्त्रालयमा निवेदन पेश गरेका थिए । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति सदस्यहरुमा अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।

छनोट हुनेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ छन्। अन्तिम ५ भित्र पर्नेमा सन्तोषनारायण श्रेष्ठ र नवराज अधिकारी पनि छन्। श्रेष्ठ विभिन्न वित्तीय संस्थाका सञ्चालक छन्। अधिकारी धितोपत्र बोर्डमा हाल निमित्त अध्यक्ष छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स