सांसद दिपकबहादुर सिंहले भने ‘नेता, व्यापारी सबैले छोरा छोरी विदेश पठाइसके, जनताका छोरा पनि बाध्य भएर जानुपर्ने अवस्था छ’

काठमाडौं । राप्रपाका सांसद दिपकबहादुर सिंहले युवा शक्तिको पलायन रोक्न मुलुकमा विकास र औधोगिकीकरण नगरी नहुने अवस्था आएको औंल्याएका छन् ।

सोमबार इप्पानको आयोजनामा भएको ‘वातावरणीय प्रभाव मूल्यांकन’ (ईआईए) विषयक अन्तर्किया कार्यक्रममा सांसद सिंहले भने ‘नेता, व्यापारी सबैले छोरा छोरी विदेश पठाइसके, जनताका छोरा पनि बाध्य भएर जानुपर्ने अवस्था आएको बताए । उनले भने निर्माण व्यवसायीले आज अर्बौं रूपैयाँ भुक्तानी पाएको छैन ।’ केही वर्षपछि विदेशबाट नर्स, इन्जिनियर मगाएर ल्याउनु पर्ने दिन आउने उनको चेतावनी छ ।

‘देशमा विकास र औधोगिकीकरण नगरि नहुने अवस्था आएको छ, युवा शक्ति आज विदेश पलायन भइरहेका छन्, उनीहरूलाई रोक्ने कुनै काम भएन, नयाँ रोजगारी सिर्जनामा लाग्नु पर्ने बेला आएको छ ।’

सिंहले जलविद्युत् विधेयकमा सबै राय सझाव आएको र यसलाई मान्यता दिएर कार्यान्वयनमा ल्याउन पनि जोड दिए । उनले भने, ‘देश भन्दा ठूलो व्यापार हुँदैन । तर निजी क्षेत्रको योगदानलाई पनि बिर्सनु हुँदैन । सरकारसँगको सहकार्य निजी क्षेत्रको अपरिहार्य छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स