काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उक्त कलेजमा छापा मारेको हो ।
मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको सूचनाको आधारमा छापा मार्ने क्रममा प्रहरीले म्याद गुज्रिएका सामाग्री बरामद गरेको थियो । सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रहेका छन् ।