नेपालले कृषि विकास कोषबाट ९ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने

काठमाडौं । नेपालले कृषि विकास कोषबाट ९ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय गरेको आज सिंहदरबारमा सञ्चारकर्मीलाई जानकारी दिइन् । अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स