भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले भोलि चैत २६ गते घोडे जात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिएको हो ।

यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।

यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमंगल ल्याउने विश्वास गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स