दुई वटै आयोजना निर्माणमा १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेको छ ।

आउटलेट देखि विद्युतगृहसम्म पेनस्टक पाइपलाइन र विद्युतगृहमा उपकरण जडानलाई तिब्रता दिएको हो। दुई वटै आयोजना निर्माणमा १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।

तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको हो ।

२ वटै आयोजनाको भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको, विद्युतगृहमा उपकरण जडान र प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको तुदी पावरले जनाएको छ ।

दुई वटै आयोजना वि.स. २०७७ देखि निर्माण शुरु भएको थियो । राहुघाट मंगलेको सुरुङ निर्माण गर्न १५ मिटर मात्र बाँकी छ । बन्दीमा बाँध निर्माणको काम ९७ प्रतिशत सकिएको छ । आउटलेट देखि चिमखोलाको बगरमा निर्माणाधिन विद्युतगृहमा ९०० मिटर लामो र ३५० मिटर उचाईमा पेनस्टक पाइपलाइन जडान गर्ने काम जारी छ ।

६५० मिटर पेनस्टक पाइप जडान भएको छ । ९५ प्रतिशत भौतिक प्रगति भएको विद्युतगृहमा उपकरण जडान भइरहेको छ । मंगले राहुघाटको विद्युतगृह नजिकै अपर राहुघाटको बाँध निर्माणको काम ५० प्रतिशत सकिएको छ । ६ महिनाअघि ब्रेक थु्र भएको अपर राहुघाटको सुरुङमा फिनिसिङ भैरहेको छ ।

उत्पादित बिद्युत केन्द्रिय प्रशारण लाइन जोड्नमा रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन थालिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स