८ महिनामा १ खर्ब ६१ करोडको वस्तु तथा सेवा निर्यात, १० खर्ब ३० अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विभिन्न भन्सार कार्यलयबाट १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । जसमध्ये चालु आवको (साउनदेखि फागुन) अन्त्यसम्म १४ वटा भन्सार कार्यलयबाट १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बढि वस्तु निर्यात भएको देखिन्छ भने समीक्षा अवधिमा तातो पानी भन्सार नाकाबाट ५ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको देखिन्छ ।

फागुन अन्त्यसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ अर्ब ८८ करोड ६० लाख, वीरगन्ज भन्सार कार्यलयबाट ९ अर्ब १ करोड ९८ लाख रुपैयाँ वस्तु तथा सेवा निर्यात भएको छ ।

भैरवह भन्सार कार्यलयबाट २० अर्ब ५७ करोड ६१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । त्यस्तै वीरगञ्ज भन्सार कार्यलयबाट १९ अर्ब ५८ करोड, नेपालगञ्ज भन्सार नाकाबाट १ अर्ब ५६ करोड रसुवा नाकाबाट १ अर्ब ३३ करोड र तातोपानी भन्सार कार्यलयबाट ५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, भैरवह भन्सार कार्यलयबाट १ खर्ब ५८ अर्ब ७६ करोड ६२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । विराटनगर भन्सार कार्यलयबाट यो अवधिमा १ खर्ब १२ अर्ब ४५ करोड २२ लाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ अर्ब ९४ करोड, नेपालगन्ज भन्सार विभागबाट ४६ अर्ब १७ करोड १३ लाख, रसुवा भन्सार नाकाबाट ३५ अर्ब २७ लाख, मेचि भन्सार कार्यलयबाट २८ अर्ब ७७ करोड ९८ लाख, तातो पानी नाकाबाट २३ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

कैलाली भन्सार कार्यलयबाट १४ अर्ब ७४ करोड २३ लाख, कृष्णनगरा भन्सार विभागबाट १३ अर्ब ८९ करोड, जलेश्वर भन्सार कार्यलयबाट ६ अर्ब ४१ करोड २० लाख, कञ्चनपुर भन्सार विभागबाट १ अर्ब १६ करोड १० लाख र विभिन्न अन्य नाकाबाट ६ अर्ब ३९ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स