यो यस्तो प्रडक्ट हो, जुन खातामा बचत गर्न र कर्जा लिन दुबै सकिन्छः सीईओ गोविन्द गुरुङ

काठमाडौं । कुषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले ग्राहकहरूलार्ई सहज सेवा दिने उद्देश्यले बचत साथै कर्जा लिन पनि मिल्ने फोनलोन सेवा ल्याएको बताएका छन् । आज बैंकले आयोजना गरेको फोनलोन सेवाको शुभारम्भ कार्यक्रममा सीईओ गुरुङले ग्राहकको हातमा भएको स्मार्ट फोनबाटै कर्जा लिन सकिने बताएका हुन् ।

‘बैंकले ल्याएको यो यस्तो प्रडक्ट हो, जुन खातामा बचत गर्न र कर्जा लिन दुबै सकिन्छ’, उनले भने ‘हामीले नयाँ खालको कर्जा सुविधा ल्याएका छौं । अब कर्जा लिनको लागि कुखुराको भाले बोकेर ढोका ढोका चार्नु पर्दैन । मैले ३०/४० वर्ष अघिको कुरा गरेको हुँ ।’

‘आजको युग डिजिटलाइजेशनको युग हो । यसको आवश्यकता चौतर्फी रुपमा देखिन्छ । सेवाको विशिष्टिकरण गर्दै कसरी पहुँच बढाउन सकिन्छ भनेर हामी लागि परेका छौं’, उनले थपे ।

यो लोन लिनको लागि तपाईहरूले कुनै डकुमेन्ट जुटाउनु पर्दैन, सिष्टमले नै दिन्छ । बैंकको उदेश्य भनेको ग्राहकलाई सहज ढंगबाट कर्जा उपलब्ध गराउन सकिन्छ भन्ने नै हो । ‘कृषि विकास बैंक सरकारी बैंक भएर पनि १ कदम अगाडि छ ।

यसलाई सधै कायम राखि राख्न यस्ता डिजिटल प्रडक्टहरू ल्याउन आवश्यक छ’, उनले भने ‘बैंकले ल्याएको यो प्रडक्ट दोस्रो हो ।’ बिना खर्च कर्जा लिन सकिने यो सेवालाई बढीभन्दा बढी ग्राहकमाझ पुर्याउन आवश्यक छ ।

यद्यपि फोनलोन सेवा बैंकले गत साउनमानै ल्याउन खोजेको थियो । प्राविधिक कारणले केहि समय ढिला भएपनि अहिले सुरु भएको छ जानकारी दिँदै उनले भने ‘लोन दिएपछि उठाउन पनि जान्नुपर्छ । कर्जालाई असर कर्जामा राखिराख्न सम्बन्धित विभागले ध्यान दिनुपर्ने पनि उनले बताए ।

उनका अनुसार अहिले कृषि विकास बैंकमा ३२ हजार तलबी खाता छन् । २० लाख ५० हजार ग्राहक छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स