सुनसरीमा दुई समूहबीच झडप हुँदा ६ राउण्ड गोली चल्यो, अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच झडप भएको छ । दुई समूहबीच भएको झडपले उग्ररुप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले अहिले सो स्थानमा मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार एसइईको परीक्षा हुँदै गर्दा बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स