सामसङले ल्यायो ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर, एक्सचेन्ज र सहज इन्स्टा फाइनान्स सुविधा

काठमाडौं । नयाँ वर्ष २०८१को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर ल्याएको छ । जसमा ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

ग्राहकहरूले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने छन् । यो विशेष छुट अफर ज्येष्ठ २, २०८१ सम्म लागु हुनेछ ।

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८% सम्मको छुट दिएको छ। मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकहरुले ५५” वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्ने छन् र इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३”वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन्।

ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ । यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्ने छन् । अझ छानिएका सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५“ र ६५“ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोन मा ५ हजार रूपैयाँको छुट पाउनु सक्ने छन् ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्यांकन प्राप्त गर्न सक्ने छन्। ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कम मार्फत अनलाइनमा लिन सक्ने छन् ।

यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५“ र ६५“ ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा ५५०० रूपैयाँ सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ ।

हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्य भरि यो अफर ज्येष्ठ २, २०८१ सम्म लागु हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स