वाइडबडी जहाज खरिदमा पूर्व पर्यटनमन्त्री शाहीसहित ३२ जनाविरुद्व मुद्दा दायर, १ अर्ब ४७ करोडको भ्रष्टाचार भएको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सका २ वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्व पर्यटनमन्त्री शाहीसहित ३२ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारले वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

अख्तियारले नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी, शिशिर ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई मुद्दामा प्रतिवादी बनाएको छ ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । पूर्व महाप्रबन्धक कंसाकार भने हाल कुनै पनि सार्वजनिक जिम्मेवारीमा छैनन् ।

प्रतिवादी बनाइएका शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन् । बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन् । टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी नेपाल वायुसेवा निगमका तत्कालिन सञ्चालक समिति सदस्य हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स