काठमाडौं । लगानी बोर्डले विभिन्न ५ वटा परियोजनाको लागि १ खर्ब बढीको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको बोर्डको ५७ औं बैठकले विभिन्न पाँचवटा परियोजनाको लागि एक खर्बको लगानी स्वीकृत रहेको हो ।
बैठकले सुपर तमोर जलविद्युत आयोजना, अपर मोदी जलविद्युत आयोजना,कोहलपुर बाडगंगामा रहेको सौर्य उर्जा परियोजना, हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना गरी पाँच वटा परियोजनाका लागि लगानी स्वीकृत गरेको छ ।
बैठकले ४ वटा जलविद्युत तथा सोलार कम्पनीको लागि ९९ अर्ब २० करोड र हुवासिन सिमेन्टको लागि ६ अर्ब ६० करोड गरि कुल १ खर्ब ५ अर्ब ६० करोड लगानी स्वीकृत गरेको हो ।
जसमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाटको अपर मोदीका लागि १० अर्ब ८ करोड, २५० मेगावाटको सौर्य उर्जा परियोजनाका लागि २१ अर्ब १० करोड र लोयर मनाङ मर्स्याङ्दी परियोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।