काठमाडौं । त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक डा. कृष्णबहादुर चन्दको निधन भएको छ । बुधबार ५१ वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
महेन्द्रनगरको मन्त्र हस्पिटलमा चन्दको उपचारका क्रममा निधन भएको हो । उनी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ बहुमखी क्याम्पस (महेन्द्रनगर) मा २०५६ सालदेखि सहप्राध्यापक थिए ।
उनले २०५४ सालतिर त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्वर्ण पदक प्राप्त गरेका थिए । भारतको पिथौरागढबाट आईएससी अध्ययन गरेका चन्दले त्रिभुवन विश्वविद्यालयको अमृत साइन्स क्याम्पसबाट बीएससी र एमएससी अध्ययन गरे । सरल स्वभाव र प्रभावकारी अध्यापन शैलीका कारण उनी विद्यार्थीमाझ लोकप्रिय थिए।