नाउपाले सुदूरपश्चिमको राज्यमन्त्रीलाई सांसद पदबाट हटाउन पत्राचार गर्‍यो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् ।

पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण नाउपा फुटको संघारमा छ । यही विवादले गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स