ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

बीबीसीका अनुसार ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको हो ।
ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन्।

यो भूकम्पको कारण जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो भूभागमा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउ सक्ने अनुमान मौसमविद्हरुकाले गरेका छन्। फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स