फागुन अन्त्यसम्म नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय २६ अर्ब ३० करोड, अन्य कम्पनीको कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको (साउनदेखि फागुन) अन्त्यसम्म कम्पनीले प्रथम बीमा र नवीकरण बीमा गरी १२ लाख ९३ हजार २६० पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो । कम्पनीको बीमा व्यवसाय यस अवधिमा कुल बीमा शुल्कको २६.६७ प्रतिशत हिस्सा रहेको छ ।

त्यसैगरी साउनदेखि फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरू नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन र हिमालयन लाइफ इन्स्योरेन्सको बीमा व्यापारमा प्रतिस्पर्धा भएको देखिन्छ । जीवन बीमा व्यवसाय गर्ने यी कम्पनीहरूले प्रथम र नवीकरण बीमामा ११ अर्ब माथिको व्यापार गरेका छन् । कम्पनीहरूले एक अर्कोलाई बीमा व्यवसाय गर्ने टक्कर गर्दै तीन बीमा कम्पनीहरूले ५ अर्ब माथिको व्यापार गरेका हुन् ।

चालु आवको फागुन अन्त्यसम्म सूर्यजोति लाइफ इन्स्योरेन्सले प्रथम र नवीकरण बीमामा ९ लाख ५८ हजार ६८४ पोलिसी जारी गरेर ५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सोही अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र मेटा लाइफ इन्स्योरेन्सले ३ अर्ब माथिको बीमा व्यवसाय गरेका छन् । यी तीन बीमा कम्पनीहरूले एक अर्कोलाई प्रतिस्पर्धा गर्दै सानिमा रिलायन्सले ८ लाख ९१ हजार ६३३ पोलिसी जारी गरेर ३ अर्ब ८० करोड ३७ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ र मेटा लाइफ इन्स्योरेन्सले ३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

जीवन बीमा व्यवसाय गर्ने चार बीमकहरू आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइन्स्योरेन्सले फागुन अत्न्यसम्म २ अर्ब माथिको व्यापार गरेका छन् भने सोहि अवधिमा तीन लघु बीमा कम्पनीहरू गार्डियन माईक्रो लाइफ, क्रेष्ट माईक्रो लाइफ र लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्सले ३ करोड माथिको व्यवसाय गरेका हुन् ।

जीवन बीमा व्यवसाय गर्ने (बीमक) कम्पनीहरूले फागुन महिनामा मात्रै प्रथम र नवीकरण बीमा ४ लाख २२ हजार १०५ पोलिसी जारी गरेर ११ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरूले प्रथम बीमा व्यवसायबाट २ अर्ब ५७ करोड २२ लाख रुपैयाँ र नवीकरण बीमाबाट ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ प्रिमियम संकलन संकलन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स