सरकारले गर्यो सचिवहरुको व्यापक सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले सचिवहरुको व्यापक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णयगरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम गरिरहेको छ । बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

मुकुन्द निरौला : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयको सचिव

सरिता दवाडी : ऊर्जा आयोगबाट सिँचाइ सचिवको रुपमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा

गोपालप्रसाद सिग्देल : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा

केशवकुमार शर्मा : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ऊर्जा आयोगमा

मधुसुदन बुर्लाकोटी : उपराष्ट्रपति कार्यालयको सचिवबाट स्वास्थ्य मन्त्रालयमा

कृष्णबहादुर राउत : वित्त आयोगको सचिवबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा

रविलाल पन्थ : युवा तथा खेलकुद मन्त्रालयबाट निर्वाचन आयोगमा

दिनेशकुमार घिमिरे : मधेश प्रदेशका प्रमुख सचिवबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव

घनश्याम उपाध्याय : बागमती प्रदेश प्रमुख सचिवबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

नारायणप्रसाद शर्मा दुवाडी : वाणिज्य सचिवबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स