काठमाडौं । तिहार नजिकै गर्दा (आइतबार) छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९१ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ४० रूपैयाँ कायम भएको छ ।