काठमाडौं । नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चैत्र ६ गते सचिवस्तरीय निर्णय खत्रीलाई टेलिकमको संचालक नियुक्त गरेको हो ।
टेलिकमको संचालक समितिमा कानुन मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार खत्री संचालक चयन भएका हुन् । उनी हाल कानुन मन्त्रालयको सहसचिव छन् ।
उनले चैत्र १५ मा पद तथा गोपनियताको सपथ लिएका छन् ।
यसअघि कौशल चन्द्र सुवेदी रहेको पदमा खत्रीलाई टेलिकमको संचालकमा नियुक्त गरिएको हो ।