सहसचिव शर्माको नेतृत्वमा बन्यो बजेट लेखन समिति, को को छन् ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य लेखनका लागि समिति गठन गरेका छन् । अर्थमन्त्री पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा उक्त आवको बजेट लेखन समिति गठन गरेका छन् ।

सहसचिव शर्माको नेतृत्वमा गठित समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिमा सदस्य रहेका शर्मा बाहेक सबै अर्थ मन्त्रालयमै कार्यरत छन् भने शर्मा भने आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक छिन् ।

शनिबार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने संयोजक शर्माले बताए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स