एमडीएमएस भ्रष्टाचार: एनटीएका अध्यक्ष खनालसहित २० जनाविरुद्ध मुद्दा दायर, ९२ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व दुई अध्यक्ष सहित २० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

जसमा प्राधिकरणका पूर्व अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै, प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

उनीहरुमाथि अख्तियारले ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैंयाँ बिगो मागदावी गरेको छ । साथै मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैंयाँ जरिवाना असुल्नुपर्ने अख्तियारको दावी छ । विदेशी डलरमा भुक्तानी भएकाले फैसलाको मितिसम्म विनिमयदर फेरबदल भए त्यसैलाई गणना गरेर बिगो र जरिवाना असुल्नुपर्ने अख्तियारको दावी छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/03/MDMS-bribe.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स