२३ वटा ठेकेदार कम्पनीहरु कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम चैत १४ गते एक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।

कार्यालयले कम्पनीहरुलाई १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले दुई ठेकेदार कम्पनीलाई तीन वर्ष, एक ठेकेदार कम्पनीलाई दुई वर्ष, दुई ठेकेदार कम्पनीलाई एक वर्ष छ महिना, पाँच ठेकेदार कम्पनीलाई एक वर्ष तीन महिना र १३ ठेकेदार कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

यसरी कालोसूचीमा परेका निर्माण व्यवसायी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स