आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा, अन्य तीन सहसचिव मन्त्रालय भित्रिए

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा गरेका छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । यद्यपि उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स