काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स २०२४ अवार्ड प्राप्त गरेको छ । शुक्रबार न्यू बिजनेश एज प्रा.लि.ले काठमाडौंमा आयोजना गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड-२०२४ अन्तर्गत नन लाइफ इन्स्योरेन्सहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उक्त उपाधीबाट सम्मानित भएको हो।
उक्त अवार्ड कम्पनीका मार्केटिङ हेड रामजी ढकालले ग्रहण गरेका थिए। न्यु बिजनेश एज प्रा.लि.का अनुसार स्वतन्त्र निर्णायकहरुले आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरि सकेका सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद नाफा, खुद सम्पत्ती, सकृय बीमालेख, दाबी आवेदन दर्ता र दाबी भुक्तानीको अनुपात, दाबी भुक्तानी गर्न बाँकी रकम, नियामकीय कारवाहीको अवस्था, लघु तथा कृषीबीमाको कूल बीमांक रकमको आधारमा निर्जीवन बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाका लागि मूल्यांकन गरेका थिए ।
सोही मूल्यांकनका आधारमा आयोजकले सिद्धार्थ प्रिमियर इन्स्यारेन्सलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।
कम्पनीका मार्केटिङ हेड रामजी ढकालले अवार्ड जितेकोमा खुशी व्यक्त गर्दै भने, ‘हाम्रो कम्पनीका वित्तीय सूचकहरु अन्य कम्पनीको तुलनामा राम्रो छन् । हामिले नयाँ व्यवसाय भन्दा पनि बीमितहरुलाई प्रदान गर्ने सेवा र बीमा दावी भुक्तानीलाई अति नै व्यवस्थित तरिकाले प्रवाह गरिरहेका छौं । जसका कारण अवार्ड प्रदायकले सही मुल्यांकन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु।’