जापानी राजदुतावास पदाधिकारीद्वारा केएनपी जापानको फ्याक्ट्रि अवलोकन भ्रमण

काठमाडौं । नेपालका लागि जापानी राजदुतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले, वीरगंज, परवानिपुरमा अवस्थित केएनपी जापान प्रा.ली.को फ्याक्ट्रि अवलोकन भ्रमण गरेका छन्।

भ्रमणका क्रममा केएनपीको हेल्थि होम पेन्ट्सको उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर हर्षित् उपप्रमुख तामुराले फ्याक्ट्रिको सञ्चालन तरिका र सुविधाको तारिफ गरेका थिए।

उनले केएनपी जापानको सिसा रहित र न्यून भीवसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारण हरुलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स