काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज चैत ९ गते कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष गौरब अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले संस्थापक समूह ‘क’ का सेयरधनीबाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना संचालकको निर्वाचन गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डालाई पनि पारित गरेको छ ।
सभामा आफ्नो मन्तव्य राख्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे कम्पनीका बीमितहरुको दावी भुक्तानीलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए ।