काठमाडौं । सरकारले चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव चूडामणि पौडेललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले भदौ २३ गते पौडेललाई कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।
बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा.हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । तीमध्येबाट पौडेल सचिव नियुक्त भएका हुन् ।