काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा नेपालको आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनामा आयातसँगै निर्यात पनि घटेको हो ।
फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.६६ प्रतिशत कम हो ।
त्यस्तै, चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.९९ प्रतिशत कम हो ।
समग्रमा यो ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.५२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।
यो अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २.७८ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड रहेको थियो ।
आयात र निर्यात दुवै घट्दा कुल व्यापार घाटा र वैदेशिक व्यापार र दुवै घटेको छ ।