काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको सात महिनामा ७८ अर्ब ५० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आथिर्क वर्षको (साउनदेखि माघ) महिनासम्म एक लाख २५ हजार ९५७ पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो ।
साउनदेखि माघ महिनासम्म कम्पनीको व्यवसाय सबैभन्दा राम्रो साउन महिनामा भएको छ भने पोलिसीको हिसाबले असोज महिना राम्रो बनेको हो ।
बीमा व्यवसाय गर्ने यस कम्पनीले माघ महिनामा २१ हजार १७५ पोलिसी जारी गरेर १० करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुष महिनामा २३ हजार ०१९ पोलिसी जारी गरेर २८ करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
त्यसैगरी बमिा व्यवसाय गर्ने कम्पनीले मंसिर महिनामा २३ हजार २८० पोलिसी जारी गरेर २६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले कार्तिक महिनामा १८ करोड ५३ लाख, असोज महिनामा ३० करोड ६१ लाख, भदौ महिनामा २९ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
बीमा व्यवसाय गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन महिनामा सबै भन्दा बढि १९ हजार ४७० पोलिसी जारी गरेर ७६ अर्ब ९८ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।