काठमाडौं । सर्वोच्च अदालत परिसरमा दुर्गा प्रसाईंको सुरक्षा गार्ड सेमी अटोमेटिक हतियारसहित पक्राउ परेका छन् ।
सोमबार सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।