धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, को को छन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । बोर्डको अध्यक्षका लागि आवेदन दिने आज फागुन ३० गते अन्तिम दिनसम्ममा १९ जनाको आवेदन परेको हो ।

आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्ण पोखरेल रहेका छन् ।

त्यस्तै, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकै कर्मचारी प्रबिण पन्दाक, सेयर बजारका खेलाडी डा. केशव प्रसाद श्रेष्ठ आवेदन दिएका छन् ।

कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. रघुराज काफ्ले, मुक्ति नाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिलम तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल र मुक्ति अर्याल ले पनि बोर्ड अध्यक्ष पदका लागि आवेदन दिका छन् ।

आवेदन दिनेहरुमध्येबाट छनौट समितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने छ । तीमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद्ले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।

समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । बोर्डको अध्यक्ष पद पुस २१ गतेदेखि रिक्त रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स