काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले सभा चैत २३ गते डाक्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।