नेपाल पुनर्बीमा कम्पनीको सीईओ पदका लागि ७ जनाले दिए आवेदन, को को छन् ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि ७ जनाले आवेदन दिएका छन् । हिजो फागुन २७ गते आवेदन दिने अन्तिम दिनसम्म सात जनाले आवेदन दिएका हुन् ।

आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनीमै कार्यरत डेपुटी सीईओ तथा हाल कामु सीईओ दामोदर भण्डारी समेत रहेका छन् ।

त्यस्तै, अन्य आवेदन दिनेमा शेखर बराल, श्रीमान कार्की, बुद्धकाजी श्रेष्ठ, नारायण कुमार भट्टराई, उज्ज्वलराज अर्याल, सुरेन्द्र थापा रहेका छन् ।

शेखर बराल राष्ट्रिय बीमा कम्पनीका पूर्वसीईओ हुन् ।

श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्।

बुद्धकाजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्व सञ्चालक हुन्।

नारायण कुमार भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन् ।

उज्ज्वलराज अर्याल नेपाल पुनर्बीमा कम्पनीका पूर्वकर्मचारी हुन् ।

सुरेन्द्र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् ।

आवेदन दिने आवेदकहरु मध्येबाट सर्टलिष्ट गरी कार्ययोजना प्रस्तुतीकरण पश्चात उत्कृष्ट तीन जना मध्येबाट सीईओ नियुक्त हुनेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो । हाल कम्पनीको निमित्त सीईओ दामोदर भण्डारीले यो जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीले फागुन ७ गते सीईओ पदका लागि आवेदन माग गर्दै सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स