काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।
बिहीबार बसेको पुर्नगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।
साथै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।