युनाइटेड बिजनेश होटलको आईपीओ ल्याउन एनआईसी एशियासँग सम्झौता

काठमाडौं । युनाइटेड बिजनेश होटल प्रालिले सर्वसाधारणमा आईपीओ जारी गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ।

होटल र क्यापिटलको ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स