पर्यटन प्रर्वद्धनका लागि ओखलढुङ्गाको खिजिदेम्बामा अल्ट्रा ट्रेल म्याराथन सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन, ओखलढुङ्गाको खिजिदेम्बा गाउपालिकाको आयोजना तथा ओखलढङ्गा पर्यटन विकास समितिको सहआयोजनामा खिजिदेम्बामा खिजिदेम्बा अल्ट्रा ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

खिजिदेम्बा अल्ट्रा ट्रेल रेस २०२४ को राष्ट्रिय स्तरको पाँचौं संस्करण प्रिया राईले दुई महिनामा लगातार छैटौं जित हात पार्दै शीर्ष विजेता बनेकी छन् । अल्ट्रा ट्रेल रेसको रुपमा उपाधिका लागि ३ हजार ३०० मिटर दौड भएको थियो ।
प्रिया राईले ५.४३.२९ सेकेन्डमा दौड पूरा गरी शीर्ष स्थानमा रहेकी निर्मला राईलाई पछि पारेकी थिइन ।

जो उनको सबैभन्दा लामो दौड हो । ५.४३.५१ सेकेन्डमा दौड पूरा गर्दै हुमी बुढा मगरले ५ः.४७.०७ सेकेन्डमा तेश्रो र छोकी शेर्पाले ५.५१.३१ सेकेन्ड पूरा गर्दै चौथो स्थान हासिल गरिन् ।

पुरुषतर्फ करण रावल ४.१८.२३ सेकेण्डमा प्रथम भए । राजन मेयोङ्बाले ४.२१.२३ सेकेण्डमा उपविजेता बन्न सफल भए भने रमेश लिम्बु र शक्तिराम रोकाले क्रमशः ४ः२६ः२० र ४.३४.४९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो र तेस्रो रनरअप भएका छन् ।

स्थानीय तहमा पदमकुमारी सुनुवार प्रथम, हिरुमाया भुजेल द्वितीय र अनिता सुनुवार तृतीय भए । स्थानीय तहको पुरुषतर्फ पृथ्वीलाल राई, देवराज सुनुवार र धनबहादुर तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए । महिला तथा पुरुष दुवै इभेन्टमा उत्कृष्ट चार हुनेलाई ७० हजार, ६० हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । महिला र पुरुष दुवैको स्थानीय विधामा शीर्ष तीनलाई क्रमशः २० हजार १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स