काठमाडौं । माओवादी केन्द्रले नयाँ सरकारमा अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिने भएको छ ।
यस पटक गृहबाट बाहिरिएलगत्तै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ ।
त्यस्तै वर्षमान पुनलाई अर्थ मन्त्रालय, रेखा शर्मालाई सञ्चार मन्त्रालय, शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय र हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिने भएको छ ।