बालुवाटारबाट मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

काठमाडौं । बालुवाटारबाट प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटारबाट पक्राउ गरेको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

बालुवाटारमा मार्चमा जाने तयारी गरिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको प्रवक्ता नवीनले बताए । कुश्वाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् । पटक(पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स