नेपाली बजारमा भित्रियो आईसरको इन्जिन आयल

काठमाडौं । नेपालका लागि आईसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै आईसर को इन्जिन आयल भित्राएको छ।

टंगालस्थित बतास एम.ए.डब्लु. प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईसरको इन्जिन आयल भित्राएको जानकारी दिए।

सो कार्यक्रमको अवसरमा बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आईसर इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एम.ए.डब्लु. प्रतिबद्ध रहेको जानकारी दिए ।

व्यवसायीले व्यवसाय गर्नको लागि गाडी खरिद गरेको हुन्छ, र त्यसको हेरचार गर्नु व्यवसायीको कर्तब्य हो, सानो गल्तीले ठुलो क्षेती व्यहोर्नुपर्ने हुन्छ, कुनैपनि इन्जिन विशेष प्रबिधि अनुरुप बनेको हुन्छ, र त्यसमा प्रयोग हुने लुब पनि विशेष प्रकारले बानाईएको हुन्छ, जसले गर्दा इन्जिन को प्रदर्शन बढ्नुको साथै इन्जिनको आयुमा वृद्धि हुन्छ, नक्कली वा कम गुणस्तरको लुब प्रयोग गर्दा इन्जिनको स्वास्थ्य र कार्यसम्पादनमा ह्रास आउछ ।

त्यसैले गुणस्तरीय लुब प्रयोग गरि आफ्नो गाडीको कार्य क्षमता बढाउनुको साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारी साधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि आईसर उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प हो। साथै गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए ।

आईसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसनआयल, इन्डष्ट्रियल आयल, आदि नेपाली बजारमा उपलब्ध हुनेछन् आईसर लुब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ ।

भोल्भो र आईसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आईसर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ। विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आईसर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स