सत्ता गठबन्धन भत्किएसँगै २२ वटा मन्त्रालय मन्त्रीविहीन, सबैको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै अन्ततः सत्ता गठबन्धन भत्किएको छ । काँग्रेसलाई सरकारबाट हटाएर एमालेसँग नयाँ गठबन्धन बनाई मन्त्रिमण्डल पुनर्गठन भएको हो । योसँगै, २२ वटा मन्त्रालय मन्त्रीविहीन बनेको छ ।

जसमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ, कानुन, कृषि, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था सहकारी तथा गरिबी, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रक्षा मन्त्रालय, वन, शिक्षा, स्वास्थ्य, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार र सहरी विकास मन्त्रालय मन्त्रीविहीन भएको छ ।

अब यी सब मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले लिएका छन् ।

त्यस्तै, बिना विभागीय तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका छन्।

उनीहरूलाई भने कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स